काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली दिदी (मास्के)ले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिएकी छन् ।
दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आएकी छिन् । जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उनले जानकारी दिइन् ।

मास्केले २०७१ सालको तिहारसम्म काष्ठमण्डपमा सामुहिक रुपमा टीका लगाइदिन्थिन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डप भत्केपछि भने उनले मरुसत्तलमा टीका लगाउन थालेकी हुन् । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भए पनि विवादका कारण नखुलेपछि उनले मरुसत्तलमै टीका लगाउने कार्यलाई निरन्तरता दिँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस