२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । अनामनगरस्थित स्टुडिओमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ।

उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए।

गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उक्त घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।भट्टराईका अनुसार, घटनाको अनुसन्धान गर्नका लागि स्टुडियो सञ्चालक समेत रहेका गिरीलाई नियन्त्रणमा लिइएको हो।

अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् तर उनीविरुद्ध कुनै जाहेरी भने नआएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट