काठमाडौं । जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित प्रहरीले दुई जना पक्राउ गरेको छ।
उनीहरुलाई पाँच थान गोलीसहित कोटेश्वर प्रहरी प्रभागले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दिया बढैया गाउँपालिका–३ घर भई हाल काठमाडौंस्थित कपनमा डेराकोठा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई अहिले काठमाडौं मालिगाउँ बस्ने १६ वर्षीय सोनम थापामगर रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका गिरी र थापामगरले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त दरबार मार्गबाट उक्त गोली चोरी गरेको प्रहरीले जनाएको छ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस