काठमाडौं । काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ ।
शनिबार काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलन गर्दै हरेक बर्ष झैं यस बर्ष पनि उपत्यकामा भव्य रुपमा छठ पर्व मनाउने बिभिन्न आठ स्थानमा व्यवस्थापन गरिएको जानकारी दिएका हुन् ।
कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खु कुमारी क्लवको अगाडी, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटमा छठका लागि आवश्यक व्यवस्थापन गरिएको उनले बताए ।
उनले उक्त स्थानमा केहिदिनदेखि सरसफाइ गरिरहेको र कुनै किसिमको समस्या भए महानगरमा सम्पर्क गर्न आग्रह गरे ।
छठ पर्व मनाउने स्थानमा सवारी साधान पार्किङ नगर्न आग्रह गर्दै उनले उक्त स्थानहरुमा साँढे तीन सयको संख्यामा सरसफाइ कर्मचारीका साथै महानगर प्रहरी परिचालन गरिएको जानकारी दिए ।
तराईमा मनाइने छठ पर्व अहिले हिमाल र पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस