काठमाडौं । तिहारपछि बजार खुलेसँगै नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तिहारपछिको तोलामा ११ हजार ६ सय रुपैयाँले सुनको मूल्य घटेको हो। महासंघले आज आइतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।
तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम थियो ।
अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो । नेपालमा भने सार्वजनिक विदा परेसँगै यसको प्रभाव आइतबार मात्रै देखिएको हो ।
असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको मूल्यमा प्रतितोला २६५ रुपैयाँ गिरावट आएको छ। तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस