काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस खगेन्द्र सुनारको शपथ नहुने भएको छ । मन्त्रीमा सिफारिस भएपछि सुनारका विवादित विषयवस्तुहरु सार्वजनिक भएका थिए ।
चौतर्फी विरोधपछि उनको शपथ नहुने भएको हो । प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रपति कार्यालय पुगेर सुनारलाई शपथ नगराउने जानकारी गराएका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनी विगतमा वैदेशिक रोजगारीको ठगीमा पक्राउ समेत परेर थुनामा बसेका व्यक्ति हुन् ।
यस्तै, सुनारलाई जिल्ला अदालत काभ्रेले पटके कसुरमा ८० साल असारमा १० हजार जरीवानाको फैसला सुनाएको थियो । उक्त जरीवाना उनले अहिलेसम्म तिरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस