२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । सरकारले वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले यही कात्तिक ३ गते एक सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा विरामी भई कल्याणकारी कोषबाट यस सचिवालयमार्फत शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आह्वान गरिएको जनाइएको छ ।

आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसुची (१) बमोजिमको ढाँचामा यही कात्तिक मसान्तभित्र निवेदन पेस गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट