२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका विद्यालयमा आइसिटी निर्माण गरिने

आइतवार , कार्तिक ९, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने घोषणा गरेका छन् । आईतबार सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गरेका हुन् ।

खेतान फाउन्डेसनले सहिद भूमि गाउँपालिका ६ मा रहेको ठाकुरदेवी माध्यमिक विद्यालयमा निर्माण गरिदिएको विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढेको बताए । ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन सीपी फाउन्डेसनले निर्माण गरिदिएको हो । विद्यालयको आठ कोठे भवन निर्माण भएपछि सो पालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त विद्यालय बनाउने सिपी फाउन्डेसनले जानकारी दिएको छ ।

मुख्यमन्त्री कार्कीले आफूले आफ्नो निर्वाचन क्षेत्रमा यो निर्माणको काम नलगेर शहीदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि विद्यालय निर्माणको कार्यक्रम सहिद भूमि पालिकामा गर्नका लागि सीपी फाउन्डेसनलाई आग्रह गरे बमोजिम निर्माण भएको बताए । सिपी फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली तीनटा जिल्ला र पहाडी आठवटा जिल्लाको करिब ५०० वटा विद्यालयको पूर्वाधार र आइसिटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने उनले जानकारी दिए ।

विद्यालय निर्माणका लागि कोशी प्रदेश सरकार र स्थानीय पालिकाको साझेदारी हुनेछ । आवश्यक कानुनी प्रक्रिया मिलाइसकेपछि फाउन्डेसनले कोशी प्रदेश सरकारसँग सम्झौता गर्ने र सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने छ । विद्यालय बनाउनका लागि करिब १५ अरब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ ।

खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विद्यालयहरू निर्माणको यो ठूलो रकम १० वर्षभित्र सक्ने योजना रहेको बताए । उनले खेतान फाउन्डेसनले त्यो भन्दा अघि नै यस्ता कार्यक्रमलाई सक्नेगरी तयारी गर्न आग्रह गरे पनि प्रदेश र पालिकाको स्रोत साधनलाई समेत प्रयोग गरेर अघि बढ्नुपर्ने भएकाले यसको समय १० वर्ष राख्न लागिएको बताए । पालिका र प्रदेश सरकारको समेत सहकार्यमा विद्यालय निर्माण हुनेछ । यो कार्यक्रम सुरुवात सँगै कोशी प्रदेशको शैक्षिक क्षेत्रमा ठूलो प्रगति हासिल हुने उनको दाबी छ ।

मुख्यमन्त्री कार्कीकै पहलमा आईतकार सहिद भूमि पालिका र सीपी फाउन्डेसन बीच पालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । सो समझदारीमा उल्लेख भए अनुसार सहिद भूमि पालिकामा करिब २ देखि ३ अरब रुपैयाँ लगानी हुनेछ । सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी र लघु उद्यमशीलता साथै सडक कालोपत्रे बनाउन यो लगानी गरिनेछ । यस कार्यक्रमका लागि ह्युमन प्राक्टिस फोरम ले पनि मुख्य सहयोगी भूमिका निर्वाह गरेको छ ।

आईतबार खेतान फाउन्डेसन र ह्युमन प्राक्टिस फोरम बीच सहिद भूमि पालिकामा पहिलो चरणमा कोशी प्रदेशका विद्यालय पूर्वाधार निर्माणका लागि ३ अरबको लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर पनि भएको छ । हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्की र खेतान फाउन्डेसनका सीपी खेतान लगायत विदेशी संस्थाबाट आएका विभिन्न प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि पारेको सहिदभूमिपालिका एउटा नमुना पालिकाको रुपमा स्थापित हुने बताए । २०३६ सालको खोकु छिन्ताङ हत्याकाण्डपछि पछाडि पारिएको यो पालिका विकास र समृद्धिका लागि यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय बासीहरूको विश्वास छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट