२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेशनल लाईफ इन्स्योरेन्सको “सफलताको शुरुवात” कार्यक्रम सम्पन्न

शुक्रवार , कार्तिक १४, २०८२

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि “सफलताको शुरुवात” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट छनोट भएका करिब ३०० अभिकर्ताहरू सहभागी थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली सिने जगतका चर्चित कलाकार राजेश हमालले अभिकर्ताहरूलाई आफ्नो अनुभव र उत्प्रेरणात्मक विचार प्रस्तुत गरेका थिए। कार्यक्रममा अभिकर्ताहरूलाई सम्मानपत्र वितरण गरिनुका साथै कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धी तालिम पनि प्रदान गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय व्यवसाय गर्ने अभिकर्ताहरूको योगदान उच्च मूल्यांकन गर्दै नयाँ योजनाहरूको जानकारी गराएका थिए।

कार्यक्रमले अभिकर्ताहरूलाई प्रेरित गर्न र उनीहरूको व्यवसायिक दक्षता बढाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट