काठमाडौं । सामाजिक सुरक्षा कोषमा संकलित योगदान रकम ९४ अर्ब ९ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
हालसम्म कोषमा २५ लाख ९२ हजार १ सय ४१ जना योगदानकर्ता सूचीकृत भएका छन् भने २२ हजार १ सय २५ रोजगारदाता सूचीकृत छन्। कोषले अझ बढी रोजगारदातालाई सूचीकृत गराउन निरन्तर पहल जारी राखेको जनाएको छ।
कोषले हालसम्म योगदानकर्ताहरूलाई विभिन्न योजनाअन्तर्गत १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको भुक्तानी समेत गरिसकेको छ।
दाबी भुक्तानी विवरणअनुसार, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रुपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस