काठमाडौं । दुई दिनमा सुनको भाउ २५ सय रुपैयाँ घटेको छ ।
मंगलबार तोलामा १४ सय रुपैयाँ घटेको सुन बुधबार पुन: ११ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ । असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।
प्रतिक्रिया दिनुहोस