२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको मूल्यमा उतारचढाव, लगानीकर्ता सतर्क हुनुपर्ने विश्लेषकहरूको भनाइ

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनमा ६ सयको वृद्धि भएको हो । जस अनुसार आज प्रतितोला सुनको मूल्य रु दुई लाख ३७ हजार ८०० कायम भएको छ । बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिदबिक्री भएको थियो । आज चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ ।

बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।

सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट