२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वीरगंज नाकाबाट निर्यात बढ्यो, चालु आवको तीन महिनामा २६ अर्ब भन्दाबढीको सामान निर्यात

शुक्रवार , कार्तिक २१, २०८२

पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगंज नाकाबाट निर्यात वृद्धि भएको छ ।

प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए ।

चालु आवको तीन महिनामा १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

यसैगरी, चालु आवको तीन महिनामा दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ ।

साथै एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र र ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट