काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई शिवम् सिमेन्टले डेडिकेटेड र ट्रंक लाइनको पहिलो किस्ता बक्यौता बुझाएको छ ।
कम्पनीले पहिलो किस्ताको रकमलाई धरौटीको रुपमा स्वीकार गर्ने नेपाल उद्योग वाणिज्य महासंघको मध्यमार्गी प्रस्ताव अनुसार पहिलो किस्ता बक्यौता बुझाएको हो ।
कम्पनीले बक्यौता रकमको पहिलो किस्ताबापत २ करोड ३८ लाख ८८ हजार रुपैयाँ बुझाएको हो ।
प्राधिकरणका अनुसार हालसम्म १४ उद्योगले पहिलो किस्ता बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस