२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु हुन्छ : अर्थमन्त्री खनाल

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुईमहिनापछि सुरु गरिने जानकारी दिएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिव सय अर्बको क्षति भएको प्रारम्भीक अनुमान रहेको बताए ।

जेनजी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैया जम्मा भएको उनले जानकारी दिए । मन्त्री खनालले टुक्रे आयोजनाहरुको बजेट कटौती गरि हुलाकी, मध्यपहाडी लोकमार्ग, बिपी राजमार्ग लगाएतका रणनीतिका आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे ।

जेनजी आन्दोलनको माग अनुसार बजेटको सहि परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए । मन्त्री खनालले आयकर घटेपनि समग्र राजस्व बढेको बताए ।

उनले जेनजी आन्दोलनपछि सेप्टेम्वरमा पर्यटक आगमनको संख्या घटेपनि त्यसपछि भने पर्यटक आगमनको संख्या निकै बढेको धारणा राखे । उनले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यवसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट