२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

डेडिकेटेड–ट्रंकलाइनको महसुल सबैभन्दा बढी भएको जगदम्बा स्टीलले तिर्यो पहिलो किस्ता

बुधवार , कार्तिक २६, २०८२

बारा । पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार नेपाल विद्युत प्राधिकरणलाई तिरेको छ ।

पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो ।

जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट