काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ ।
महासंघका अनुसार शुक्रबार पावाल सुनको मूल्य तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस