२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बैंकिङतर्फ सबैभन्दा धेरै कर तिर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा, रेमिट्यान्समा आईएमई सम्मानित

सोमवार , मंसिर १, २०८२

काठमाडौं । बैंकिङतर्फ सबैभन्दा धेरै कर तिर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सम्मानित भएको छ भने रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थामा आईएमई लिमिटेड सम्मानित भएको हो ।

सोमबार राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा अर्थमन्त्री रामेश्वर खनालले व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो ।

त्यस्तै, सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोवार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको हो ।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ । वार्षिक कारोबारका आधारमा रू ५० करोडदेखि रू एक अर्बसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र रू ५० करोडसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ ।

त्यस्तै, २०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट