२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सफ्टी हाइजिनलाई उत्कृष्ट करदाता सम्मान

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । १४औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यालय मकवानपुरद्धारा आयोजित करदाता सम्मान कार्यक्रममा सफ्टी हाइजिन प्रा.लि.ले आ.व. २०८०–८१ को आयकरतर्फ सर्वोत्कृष्ट भई उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ ।

आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी थिए ।

उक्त कार्यक्रममा सफ्टी हाइजिन प्रा.लि. का अध्यक्ष यादव घिमिरेले आफ्नो मन्तब्यका क्रममा कर तिर्नु भनेको कानूनी दायित्व मात्र नभइ समग्र राष्ट्रको विकासमा योगदान पनि भएको बताए । उनले इमान्दारीपूर्वक कर तिर्ने र कर तिर्न आनाकानी गर्ने सबैलाई राज्यले एउटै बास्केटमा हालेर व्यबहार गर्दा खल्लो लागेको र आगामी दिनमा समग्र कर प्रशासन सुधार गर्न करदातालाई सम्मानजनक व्यवहारको खाँचो औल्याए ।

साथै सरकारले करदातावीच कसले बढी कर तिर्ने भन्ने पतिस्प्रर्धात्मक वातावरण बनाउन सके समग्र राजस्व प्रणालीमा उल्लेखनीय सुधार आउन सक्नेतर्फ इंगित गर्दै सोही अनुरुप पाइला चाल्न अनुरोध समेत गरे ।

उपभोक्ता माझ अत्यन्तै लोकप्रिय रहेको सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, वेवी वाइप्सजस्ता उत्पादनहरु कम्पनीले विगत दश वर्षदेखि उत्पादन तथा विक्री वितरण गदै आइरहेको छ ।

आगामी दिनमा गुणस्तरमा अझै सुधार गर्दै उपभोक्तामैत्री उत्पादनमा ध्यान दिई उपभोक्ताहरुको मनमनमा बस्ने कोशिश गर्ने उक्त कम्पनी निर्देशक विजय पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट