२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चालु आवमा वाग्मती प्रदेशको पुँजीगत खर्च सुस्त, चार महिनामा ७.२७ प्रतिशत खर्च मात्रै

बुधवार , मंसिर ३, २०८२

वाग्मती । वाग्मती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत अर्थात् चार अर्ब ९० करोड ३५ लाख ८६ हजार खर्च भएको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २० दशमलव ९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६ दशमलव ९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६ दशमलव ६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६ दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले एक दशमलव १४ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट