२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चालू आवमा काठमाडौं महानगरपालिकाको राजस्वमा सामान्य वृद्धि, सम्पत्ति कर घट्यो

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रूपैयाँ राजस्व संकलन गरेको छ। गएको वर्षको सोही अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रूपैयाँ संकलन भएको थियो, जसको तुलना गर्दा यो ५ करोड ६५ लाख १० हजार ४९२ रूपैयाँ बढी हो।

महानगरले चालू वर्षको लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रूपैयाँ असुलीको प्रक्षेपण गरेको छ। गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रूपैयाँको लक्ष्य थियो।

आन्तरिक राजस्वको हिसाबले यो वर्ष १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रूपैयाँ संकलन भएको छ, जुन गत वर्षको १ अर्ब ९९ करोड २६७ हजार ६९५ रूपैयाँ भन्दा २ करोड २० लाख ९१ हजार ९९५ रूपैयाँ कम हो।

महानगरका अनुसार आन्तरिक राजस्व घट्नुको मुख्य कारण सम्पत्ति करमा कमी हो। गत वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रूपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्ष ४२ करोड ७६ लाख ५४ हजार २७६ रूपैयाँ मात्र संकलन भएको छ।

राजस्व विभागका प्रमुख दीपक अधिकारीले भने, “गत वर्ष सम्पत्ति कर दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने निर्णय थियो। यसले ठूलो भवन भएका करदाताको राजस्व बढायो तर साना घरधनीको घटायो। २०८१ असोजमा कार्यपालिकाले पुरानै दरमा सम्पत्ति कर लिन निर्णय गरेपछि यस वर्ष कर समायोजन गर्दा कमी आएको हो।”

यस वर्ष बहाल करको असुलीमा वृद्धि भएको छ। गत वर्षको ९४ करोड ८५ लाख २८ हजार १५४ रूपैयाँको तुलनामा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रूपैयाँ असुली भएको छ।

त्यस्तै, व्यवसाय करमा पनि वृद्धि देखिएको छ। गत वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रूपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रूपैयाँ संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट