२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सिमरा जेनजी प्रदर्सनपछि चन्द्र भण्डारीले भने : ‘यो घटना त कास्टिड मात्र हो’

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । बाराको सिमरामा एमाले नेताहरुबिरुद्ध जेनजी युवाले प्रदर्सन गरेपछि नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले यो घटना त कास्टिड–मात्र भएको बताएका छन् । उनले नेकपा एमालेका नेता महेश बस्नेत र शंकर पोखरेल लगायतका नेता रोक्न युवाको कडा विरोध भएपछि सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले भनेका छन् :

सिमरा घटना त कास्टिड–मात्र हो !!!

हाम्रो पार्टी भित्र पनि चुनाव, चुनाव भन्दै बुरुक–बुरुक गर्ने साथीहरू भेटिनुहुन्छ ! मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी !

- तर्क अदृश्य।

-मित्र थाकी सके !

-विकल्पको खोजिमा छन !

भोटो फटालेको उदाहरणले अहिले कामै गर्दैन।

सिमरा घटना त कास्टिड–मात्र हो !!!

प्रर्दसनमा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच झडप हुँदा सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो । एमाले कार्यकर्ताले जेनजी युवामाथि हातपात गरेपछि झडप सुरु भएको थियो ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

बाराको परवानीपुरमा आज युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली जाने कार्यक्रम थियो । त्यसकै विरोधमा युवाहरुले प्रर्दसन गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट