२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मेडिकल क्षेत्र जसरी नै अरू क्षेत्रले पनि फड्को मार्नुपर्छ: डा. सुनिल शर्मा

बुधवार , मंसिर ३, २०८२

काठमाडौँ । पूर्वसांसद डा. सुनिल शर्माले मेडिकल विधाले छलाङ मारेको बताएका छन् । नोबेल मेडिकल कलेजको ‘नोबेल डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरू क्षेत्रमा पनि मेडिकल जगत्मा जस्तै नेपालमा फड्को मारेको भए मुलुक दुबई, सिंगापुर बनिसकेको हुने बताए ।

शर्माकाअनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको छ । अब अरू क्षेत्रमा पनि फड्को मार्न जरुरी रहेको उनको भनाइ छ ।

डा. शर्माले भने ‘वास्तवमा मेडिकल विधामा नेपालले आफूलाई जति छंलाङ मार्नसक्यो । अरू विधामा यसरी नै छंलाङ मारेको भए हामी दुबई वा सिंगापुरको हाराहारीमा यो मुलुकलाई पुर्याउन सक्थ्यौँ । तर मेडिकलमा मात्र अघि बढ्यो अरूमा कम प्रोगे्रस भयो । त्यसकारणले यहाँसम्म आइपुग्नुको पछाडि राज्यको नीति सबैको परिश्रम, मेडिकल क्षेत्रले आफूलाई फास्ट ट्रायकमा विकास गरेका कारणले हामी यहाँ सम्म आइपुग्यौँ । अब हाम्रो जमाना त गइसक्यो । जेनजीहरुको जमाना छ । म आश गर्छु अर्को २० वर्ष पछाडि म बुढो भएपछि पनि नोबल डे मनाइरहँदा आज जुन ठाउँमा पुगेको छ यो भन्दा अझ अगाडी २० गुणा ग्रो भएको हामीले देख्न पाइयोस् ।’

काठमाडौँ विश्वविद्यालयको उपकुलपति प्रा. डा अच्युत वाग्लेले मेडिकल क्षेत्रमा आएको अत्याधुनिक प्रणालीलाई आत्मसाथ गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताए । अहिले एआइ, रोबर्टको प्रयोग मेडिकल क्षेत्रमा भइरहेको बताउँदै उनले त्यसलाई अंगिकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

वाग्लेले भने, ‘प्रविधिमा आएको आमुल परिवर्तनलाई आत्मसात् गर्नु नै अहिलेको मुख्य चुनौती हो । एआइसहितका नयाँ प्रविधिलाई अङ्गालेर मेडिकल क्षेत्रमा पनि अघि बढ्नुपर्ने आवश्यकता छ । अहिले मेडिकल क्षेत्रमा रोबर्टको सहारामा धेरै काम हुन थालेका छन् । त्यसको प्रयोग गर्नु पनि नेपालका लागि चुनौतीकै विषय हो । हामीले के कसरी गर्ने त्यसतर्फ ध्यान दिनपर्छ ।’

नोबेल मेडिकल कलेजकी निर्देशक सोइना शर्माले अत्याधुनिक प्रणालीबाट नोबलले सेवा दिनुका साथै सरकारी नीतिहरूको समेत परिपालनामा आफूहरू अब्बल रहेको बताए । उनकाअनुसार स्वास्थ्य बीमा लागूदेखि विपन्नलाई उपचार प्रदान समेत नोबलले गरेको छ ।

निर्देशक शर्माले भने, ‘हामीले सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम लागू गरेर सर्वसुलभ रूपमा आम नागरिकको उपचार गरिरहका छौँ । असहाय अशक्तका लागि पनि सहुलियतमा उपचार गरिरहेका छौँ । सरकारले १० प्रतिशत बेड असहायअशक्तका लागि छुट्टाउनुपर्ने नियमलाई हामीले पालना गरेका छौँ । गत साल १२ करोड बराबरको नोबेलले विपन्न अशक्तका लागि स्वास्थ्य उपचार गराएर सहयोग गरेको छ ।’

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले निजी क्षेत्रमा सबैभन्दा नाम चलेको संस्थाका रूपमा नोबेल मेडिकल कलेज स्थापित भएको बताए । उनकाअनुसार नोबल स्थापनापछि केही डाक्टरले मात्रै नभई समाजमा धेरैले रोजगारी समेत पाइरहेका छन् ।

उनले भने, ‘संस्था भित्र मात्रै नभई सिङ्गो समाजले रोजगारी पाउन गरी नोबलले काम अघि बढाएको छ । विगतमा उपचारका लागि यहाँबाट भारत सिंगापुर जानुपर्थ्यो । त्यो उपचारमा अपनाइने प्रविधि सबै यहाँ भित्राइएका कारण ९५ प्रतिशत बिरामी अब बाहिर जानुपर्ने अवस्था हटेको छ ।’

उनले नोबल मेडिकल कलेजको स्थापनापछि स्वास्थ्य क्षेत्रमा धेरै नै प्रगति भइरहेको बताए । उनले उपचारका लागि बाहिर जाने बाध्यता हट्नु सुखद भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट