२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सिमरामा जेनजी र प्रहरीबीच झडप हुदाँ दुवैतर्फका केही घाइते

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । जेनजी युवाहरुले आज पनि सिमरामा आन्दोलन गरेका छन् । बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण बाराको सिमरा बजार अशान्त बनेको थियो ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ नगरेको भन्दै जेनजी युवाले आज पनि प्रदर्शन गरेका हुन् ।

आज ठुलो संख्यामा आएका युवाहरुले सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप समेत भएको छ । झडपमा परेर दुवैतर्फका केही घाइते भएका छन् ।

अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट