२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्छ : बिमलेन्द्र निधि

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताएका छन् । आम निर्वाचन र कांग्रेसको १५ औं महाधिवेशनका बिषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा निधिले महाधिवेशन लगाएतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्ने बताएका हुन् ।

कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद बिषय रहेको धारणा राखे ।

नेता निधिले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रीक पद्दतीबाट सहज रुपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए ।

उनले सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफुहरुको समेत सहमतिमा केन्द्रीय समितिमा पेश भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट