२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चौधरी ग्रुपले एक वर्षमा सरकारलाई तिर्यो २५ अर्ब ५९ करोड कर

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । चौधरी ग्रुप (सीजी) ले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिर्दै राष्ट्रको राजस्वमा महत्वपूर्ण योगदान गरेको छ। यो रकम कूल राजस्वको करिब २ प्रतिशत हुने ग्रुपले स्पष्ट पारेको छ।

राजनीतिक अनिश्चितता, सुस्त आर्थिक गतिविधि र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद पनि सीजीले गत वर्षको तुलनामा कर भुक्तानीमा उल्लेखनीय वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको ग्रुपले यो वर्ष झण्डै ७ अर्ब रुपैयाँ बढी राजस्व राज्यको खातामा जमा गरेको हो। यसले ग्रुपको लगानी विस्तार दर तीव्र रूपमा बढिरहेको संकेत दिएको कम्पनीको भनाइ छ।

पछिल्ला पाँच वर्षमा मात्र सीजीले सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ कर बुझाइसकेको छ। सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार ग्रुपले स्थापित व्यवसाय विस्तारका साथै नयाँ क्षेत्रमा लगानी बढाउँदै राजस्व योगदानमा निरन्तरता दिइरहेको छ।

‘ग्रुप अफ कम्पनीजको एकमुष्ट करलाई छुट्टै सम्मान वा वर्गीकरण गर्ने व्यवस्था नभए पनि अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नुभएकोमा आभारी छौं,’ उनले सामाजिक सञ्जालमार्फत भने, ‘चुनौतीपूर्ण अवस्थामा पनि २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ।’

नेपालमा व्यावसायिक समूहहरूले तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा नहुँदा करदाताको वास्तविक योगदानबारे भ्रम सिर्जना हुने ग्रुपको तर्क छ। तर, चौधरी ग्रुपले भने हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण सार्वजनिक गर्दै आएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट