२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जेनजी आन्दोलनपछि खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्स गठन : महेश बस्नेत

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन् ।

नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको -यालीमा सहभागी बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताएका हुन् ।

समाजमा बढेको असुरक्षा, अशान्ती र भदौ २३, २४ को घटनापछि आम मानिसहरुको खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रित गर्ने उनले बताए ।

त्यस्तै बस्नेतले असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उदेश्यका साथ भोलेन्टियर फोर्स अघि बढ्ने जानकारी दिए ।

माइतीघर मण्डलामा युवाहरु भेला भएर बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा पुगेर सभामा परिणत भएको थियो । नेसनल भोलेन्टियर फोर्समा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डरको व्यवस्था गरिएको एमालेले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट