२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेसका तीन नेतामाथि अनुशासनको डन्डा, दीपक खड्कासहितलाई ५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

सोमवार , जेठ २५, २०८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा पूर्वमन्त्री तथा पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीन जना नेतासँग स्पष्टीकरण मागेको छ ।

समितिले खड्कासँगै संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई लिखित जवाफ पेश गर्न पाँच दिनको समय दिएको हो ।

अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा उनीहरूमाथि पार्टीको विधान र अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । समितिका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा कांग्रेसका आधिकारिक उम्मेदवार दीपनकुमार श्रेष्ठविरुद्ध संगठित रूपमा अन्तर्घात गरिएको भन्दै उजुरी परेको थियो।

715411897_1496924365146571_2646081080106101437_n_I0culbuSpV.jpg
715411912_2119266745313991_4240703763961042558_n.jpg
717103453_972211435630101_2700673783306987364_n.jpg

स्पष्टीकरण पत्रमा धर्मदेवी नगरपालिका क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा दीपक खड्काले पार्टी नेतृत्व र नीतिविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको तथा कांग्रेसको विजयप्रति नै शंका व्यक्त गर्दै कार्यकर्तालाई आफ्नो इच्छाअनुसार काम गर्न उक्साएको उल्लेख गरिएको छ ।
त्यस्तै, कुमार बाबु अधिकारी र थलकुमार लिंखाले खड्काको निर्देशनमा संगठनविरोधी गतिविधि गरेको आरोप पनि लगाइएको छ । उनीहरूले आफ्ना समर्थक तथा कार्यकर्तालाई चुनावी कार्यक्रममा सहभागी नहुन आग्रह गरेको र बाहिर कांग्रेसका लागि मत मागेजस्तो देखिए पनि भित्री रूपमा विपक्षी उम्मेदवारलाई सहयोग गरेको दाबी गरिएको छ ।

अनुशासन समितिले यस्ता गतिविधि पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३४ अन्तर्गत गम्भीर अनुशासन उल्लंघनको विषय भएको जनाएको छ । त्यसैले उनीहरूलाई किन कारबाही नगर्ने भन्ने आधारसहित पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न अन्तिम अवसर दिइएको हो कांग्रेस अनुशासन आयोगका सचिव दिनेश थापाले भने । समितिले तोकिएको अवधिमा सन्तोषजनक जवाफ प्राप्त नभए पार्टी विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने सचिव थापाले जानकारी दिए ।

७७६ विरुद्ध उजुरी

प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उमेदवारहरुलाई असहयोग गरेको आरोपमा देशभरका ७७६ कांग्रेस नेता कार्यकर्ता माथी पार्टी अनुशासन आयोगमा उजुरी दर्ता भएको छ । उजुरीको संख्या धेरै छ,बैठक बसेर क्रमश उजुरी उपर छानबिन गरीरहेका छौ सचिव थापाले भने । पुर्व कार्यसमितिका केन्द्रीय पदाधिका्री,केन्द्रीय सदस्य हुदै जिल्ला र गाउँ तहका नेता कार्यकर्ता सम्मलाई कारवाहीको माग गर्दै अनुशासन आयोगमा उजुरी परेको थापाले जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य एवम पुर्व मन्त्री मोहनबहादुर बस्नेत सहित सिन्धुपाल्चोक ८ बढी नेतालाई कारवाहीको माग गर्दै उजुरी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट