२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आर्थिक विधेयकमाथि हेरफेरको बिषयमा संसदीय छानबिन समिति आवश्यक पर्न सक्छ : वर्षमान पुन

सोमवार , जेठ २५, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमाथि हेरफेरको बिषयमा संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताएका छन् । 

सोमबार संसद भवन सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै नेता पुनले संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध भएकाले संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताएका हुन् ।

उनले आर्थिक विधेयकमा भएको हेरफेरका बिषयमा अर्थमन्त्रीले संसदमा आएर स्पष्ट पार्नुपर्ने बताए । संसदमा प्रस्तुत आर्थिक विधेयकमाथिको आफूखुसी चाहिँ करेक्सनले चुहावट आशंका उत्पन्न भएको उनको भनाइ छ ।

त्यस्तै नेता पुनले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले नभइ स्वयं प्रधानमन्त्री नै आएर सच्चाउनुपर्ने बताए । 

राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गम्भीर र त्रुटिपूर्ण भएकाले आफुहरुले सदनमा विरोध जनाएको उनको भनाइ छ । 

उनले संसदको आगामी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हट्ने र आत्मलोचना समेत गर्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट