२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

मोटरसाइकलमा उभिएर भिडियो बनाएपछि सांसद बब्लु गुप्तालाई ट्राफिकको कारबाही, ५०० रुपैयाँ जरिवाना

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको हो । 

गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो भाइरल भएपछि रास्वपा सांसद बब्लु गुप्ताले मागे क्षमा गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो भाइरल भएपछि रास्वपा सांसद बब्लु गुप्ताले मागे क्षमा

सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएका हुन् । उनी सिरहा–१ बाट निर्वाचित सांसद हुन् ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने गुप्ताको उक्त भिडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भएको थियो ।

मोटरसाइकलमा उभिएर यात्रा गरेपछि रास्वपा सांसद बब्लु गुप्ताको आलोचना मोटरसाइकलमा उभिएर यात्रा गरेपछि रास्वपा सांसद बब्लु गुप्ताको आलोचना

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट