२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

टीभीएस मोटरले नेपालमा नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ सार्वजनिक गर्‍यो

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । विश्वप्रसिद्ध दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता टीभीएस मोटर कम्पनीले नेपाली बजारमा आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर ‘टीभीएस अर्बिटर’ सार्वजनिक गरेको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा यो स्कुटर भित्र्याएको हो ।


अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनमा उपलब्ध ‘टीभीएस अर्बिटर’ मा ३.१ किलोवाटको शक्तिशाली ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको फुल चार्जमा १५८ किलोमिटरसम्मको प्रभावशाली रेन्ज प्रदान गर्दछ ।

उद्योगमै पहिलो पटक १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको यस स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट र रिजेनेरेटिभ ब्रेकिङसहितका ‘इको’ र ‘पावर’ मोडहरू उपलब्ध छन् । सुरक्षित यात्राका लागि यसमा दुर्घटना अलर्ट, स्कुटर ढलेको जानकारी, जियो-फेन्सिङ, टाइम-फेन्सिङ, चोरी नियन्त्रण र लाइभ लोकेसन ट्र्याकिङ जस्ता उन्नत कनेक्टेड फिचरहरू समावेश गरिएका छन् ।

स्कुटरको डिजाइन र उपयोगितालाई विशेष प्राथमिकता दिँदै कम्पनीले यसमा ३४ लिटरको विशाल बुट स्पेस उपलब्ध गराएको छ । २९० एमएमको स्ट्रेट-लाइन फुटबोर्ड र ८४५ एमएमको लामो सिटले चालक र पछाडि बस्ने यात्रु दुवैलाई उत्कृष्ट आराम प्रदान गर्दछ । यसमा इन्टिग्रेटेड इन्डिकेटरसहितको ‘एज-टु-एज’ फ्रन्ट लाइट र कलर एलसीडी क्लस्टर छ, जसले कल, एसएमएस र अन्य व्यक्तिगत अलर्टहरू प्रदर्शन गर्दछ । स्कुटरको सफ्टवेयरलाई सधैँ नयाँ राखिराख्न यसमा ‘ओटीए’ अपडेटको सुविधा समेत दिइएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमान कारगरले नेपालमा अर्बिटरको आगमनले दिगो मोबिलिटीलाई सक्रिय रूपमा अपनाइरहेको बजारमा इभी इकोसिस्टम विस्तार गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै, कम्पनीका उपाध्यक्ष मधु प्रकाश सिंहले यो स्कुटरले नेपालमा विद्युतीय गतिशीलताको नयाँ मापदण्ड स्थापित गर्ने बताए । शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएस आईक्युबको सफलतापछि अर्बिटरले नेपालको इभी बजारलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

नेपाली बजारका लागि टीभीएस अर्बिटरको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ । यो स्कुटर नियोन सनबर्स्ट, कश्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन आकर्षक रङहरूमा उपलब्ध हुनेछ ।

१६९ एमएमको ग्राउन्ड क्लियरेन्स र मजबुत बडी संरचनाका कारण यो स्कुटर नेपालका विविध सडक र भू-धरातलका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । विश्वका ९० देशमा उपस्थिति रहेको र प्रतिष्ठित ‘डेमिङ प्राइज’ प्राप्त टीभीएसले यस स्कुटरमार्फत ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट