२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

गगन र विश्वप्रकाशले भने - चुनावअघि महाधिवेशन नभए उम्मेदवार बन्दैनौँ

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन अघि महाधिवेशन नगरे आफूहरु चुनावनै नलड्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवानिकट २८ जना केन्द्रीय सदस्यहरूसँग आज भएको कुराकानीका क्रममा महामन्त्रीद्वय थापा र शर्माले चुनावअघि नियमित वा विशेष जुन महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन्।

महामन्त्रीलाई चुनावअघि महाधिवेशनको ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले चुनावअघि महाधिवेशन गराउनै नसकिने अवस्था बने आफूहरू उम्मेदवार नबन्ने जानकारी दुई महामन्त्रीले गराएको शेर्पाले बताए ।

‘महामन्त्रीद्वयले चुनावअघि महाधिवेशन भएन भने हामी चुनाव लड्दैनौं भन्ने कुरा गर्नुभयो,’ भेटमा सहभागी रहेका केन्द्रीय सदस्य आङगेलु शेर्पाले भने, ‘चुनावअघि महाधिवेशन गरेर जानुपर्छ भन्ने भनाइ उहाँहरूको थियो।’

विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको छ । कांग्रेस विधान अनुसार विशेष महाधिवेशनका लागि लिखित माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट