काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकार, दल र निर्वाचन आयोग मिलेर मुलुकमा निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन् । मुलुकमा घटेका पछिल्ला घटनाक्रमले निर्वाचनको वातावरण बनिनसकेको स्पष्ट संकेत गरेको भन्दै बस्नेतले सबै पक्ष गम्भीर भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका हुन् ।
बस्नेतले भने, ‘सरकारले प्रतिनिधि सभा सदस्य निर्र्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्था छ । तर नेकपा एमालेले गर्ने सभा, र्यालीहरु जेनजी विद्रोहलाई ललकार्ने र अपराधीकरण गर्न उद्दत देखिन्छ । उता जेनजी युवाहरु प्नि नेकपा एमालेलाई बहिष्कार र निषेध गर्ने होडबाजीमा छन् । यस्तो परिस्थितिमा हुने निर्वाचनले मुलुकलाई निकास दिने हैन द्धन्द्धमा धकेल्न सक्छ ।’
संक्रमणकालीन अवस्थामा सबैले संयमता अपनाउनुपर्ने बस्नेतले जोड दिएका छन् । उनले भने, ‘सबैखाले अतिवादी सोच र प्रवृत्ति त्यागेर मुलुकलाई वैधानिक बाटोमा अवतरण गराउनु हामी सबै जिम्मेवार बन्नुपर्छ ।’
आन्दोलनबाट अपदस्त भएको राजनीतिक शक्ति र आन्दोलनको म्याण्डेट कार्यान्वयन गराउने जेनजी युवा पुस्ताबीच सहकार्य र सहमतिको विन्दु खोजिनुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया दिनुहोस