२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

देशलाई कमजोर पार्ने खेल चलिरहेको छ, एकजुट भएर राष्ट्र बनाउने कुरामा प्राथमिकता दिन जरुरी छ : प्रचण्ड

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई कमजोर पार्ने खेलहरु चलिरहेको बताएका छन् ।

शनिबार नेपाली कम्युनिस्ट पार्टी कार्यालय पेरिसडाडामा आयोजित जेनजीसंग नेकपा बिषयक अन्तरसम्वाद कार्यक्रममा प्रचण्डले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्ने खेलहरु चलिरहेको भन्दै राष्ट्र पहिलो भन्न भावनाका साथ सवै पुस्ताका नेपालीहरु एकजुट भएर राष्ट्र बनाउने कुरामा उच्च प्राथमिकता दिन जरुरी रहेको बताए ।

जेनजीका बिचार, एजेण्डा र शक्तिलाई एकसाथ अघि बढाएर नेपाली र नेपाललाई बिजय गराउनुपर्ने उनले बताए । त्यस्तै प्रचण्डले युवाहरुलाई बैचारिक, राजनीतिक, भावनात्मक रुपमा नयाँ नेपालको नयाँ नेतृत्वका रुपमा तयार पार्ने र आउने चूनावमा धेरै भन्दा धेरै युवाहरुलाई अवसर दिने बताए ।

प्रचण्डले जेनजी युवा पुस्ताहरुले मुलुकको सुशासनका लागि लिएको पहलकदमीले देशलाई नयाँ चेतनातर्फ अघि बढ्न उत्प्रेरित र बाध्य बनाएको उल्लेख गरे । कार्र्यक्रममा प्रचण्डले केहि युवाहरुलाई युवाहरुलाई नेपाली कम्युनिस्ट पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट