२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मन्त्री घिसिङले गरे अरनिको राजमार्ग विस्तार कार्यको निरिक्षण

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरिक्षण गरेका छन् ।

शनिबार मन्त्री घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरिक्षण गर्दै कार्यप्रगतिका बारेमा जानकारी लिएका हुन् । सो क्रममा काभ्रेको बनेपा क्षेत्रमा देखिएका चुनौती, प्रगति र आवश्यक समन्वयका विषयमा बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्यले मन्त्री घिसिङलाई जानकारी गराएका थिए ।

मेयर शाक्यले बनेपाको पुलबजारलगायत पुरै बनेपा बजार क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापन, संरचना हटाउने प्रक्रिया, पानी–धारा तथा बिजुली सर्ने कार्यका कारण स्थानीयले भोग्नुपरेका समस्या र आगामी योजना बारे अवगत गराएका थिए ।

मन्त्री घिसिङले राजमार्ग विस्तार कार्य राष्ट्रिय प्राथमिकताको विषय भएकाले बनेपा क्षेत्रलाई नमुना स्वरूप विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले काममा देखिएका अवरोध तत्काल समाधान गर्दै स्थानीयस्तरमा आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट