२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

भाद्र २३ र २४ गतेको घटनाका दोषिलाई कारबाही गर्न गृहमन्त्रीसमक्ष जेनजीको माग

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषि देखिएकालाई कारबाही गर्न माग गरेको छ ।

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेन जी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषि देखिएकालाई कारबाही गर्न माग गरेको हो ।

त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । जेन जी २.० समूहका प्रवक्ता अविन लिम्वुले गृहमन्त्रीको छलफलका क्रममा जेनजी आन्दोलनमा भएका घटनाको दोषिलाई कारबाही गर्न माग गरिएको बताए । त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफुहरुले बताएको उनले बताए ।

लिम्वुले आफुहरुको समूहको देशभर विस्तार गरिएको जानकारी दिए । जेन जी टु ले आगामी मंसिर १२ गते माइतिघरमा शहीदहरुको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगाएत अन्य मन्त्रीहरुलाई माइतिघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट