२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता

आइतवार , मंसिर ७, २०८२

काठमाडौं। नेपाली काँग्रेसले निर्वाचनमा भाग लिने भएको छ । कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा गरेको हो ।

आइतबार नेपाली काँग्रेसको टोली निर्वाचन आयोग पुगेर दल दर्तासम्बन्धी सबै प्रक्रिया सम्पन्न गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

पौडेलका अनुसार पार्टीले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको छ।

काँग्रेसले शनिबारमात्रै आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। अब आगामी निर्वाचन तालिकाअनुसार माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवदेन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट