२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम उचित क्षेत्रमा परिचालन गर्नुपर्छ : चन्द्र ढकाल

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले औपचारिक रुपमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेकाले सरकार लगाएत सरोकारवाला सबै गम्भीर भएर लाग्नुपर्ने बताए ।

उनले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम उचित क्षेत्रमा परिचालन गर्नुपर्ने सुझाव दिए । साथै उनले सामाजिक सुरक्षा कोषको सेवालाई प्रविधिमैत्री र दायरा विस्तारमा ध्यान दिन आग्रह गरे ।

त्यस्तै ढकालले संयमित र समावेशी श्रम बजारको निर्माण कुनै पनि देशको आर्थिक रुपान्तरणको आधारशीला भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट