काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले देशमा धेरैभन्दा धेरैलाई रोजगारी दिने आफ्नो मुख्य लक्ष्य भएको बताएका छन् ।
बिहिबार सामाजिक सुरक्षा कोषमा प्रधानमन्त्री सुशिला कार्कीमार्फत यस वर्षको उत्कष्ट योगदानकर्ताको रुपमा सम्मान थापेपछि सुनौलो नेपालसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
यस वर्षको उत्कष्ट योगदानकर्ताको रुपमा सम्मान लिन पाउँदा निकै खुसी लागेको बताउँदै अध्यक्ष गुरुङले देशमा धेरैभन्दा धेरैलाई रोजगारी दिने र देशको राजस्वको खातामा पनि धेरैभन्दा धेरै राजस्व तिर्ने आफ्नो मुख्य लक्ष्य भएको बताए ।

त्यस्तै, २०८३ सालको असारभित्र ११ वटा भाटभटेनी पुनः सञ्चालनमा ल्याउने गरी काम भईरहेको उनले बताए ।
सुनौलो नेपालसँगको विशेष कुराकानीमा अध्यक्ष गुरुङले भने, ‘११ वटा भाटभटेनी सुपरमार्केट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । २०८३ सालको असारभित्रै ११ वटा भाटभटेनी सञ्चालनमा ल्याउँछौँ ।’
उनले गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनमा १२ वटा पूर्ण रुपमा ध्वस्त भएको बताए । त्यस्तै, २१ वटा भाटभटेनी क्षति पुगेको बताए ।
‘पूर्ण रुपमा ध्वस्त भएका १२ वटा भाटभटेनीहरुलाई भत्काएर सम्याउने काम भइरहेको छ । तीमध्ये क्षति मात्र भएकाहरुको पूर्णनिर्माण गरी केही सञ्चालनमा पनि आइसकेका छन्’ गुरुङले सुनौलो नेपालसँग भने ।

प्रतिक्रिया दिनुहोस