२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

हीरक जयन्तीका अवसरमा चेम्बरद्धारा काठमाडौंमा वाकाथन कार्यक्रम सम्पन्न

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा काठमाडौंमा आज वाकाथन कार्यक्रम आयोजना गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा शिक्षा तथा खेलकुद समितिद्धारा काठमाडौंको जमलस्थित चेम्बर भवनबाट शुुरु भएको वाकाथन कार्यक्रम रानीपोखरी, नेपाल उलहाउस, जनबहाल, मखन, दरबार स्क्वायर हुँदै झोँछेमा गएर समापन भएको थियो ।

हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरु, निजी क्षेत्रका प्रतिष्ठित खेलाडी लगायत करिव ३ सय जनाको सहभागिता रहेको थियो ।

चेम्बरको ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सभापति राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सवैभन्दा पुुरानो संस्था चेम्बरले स्थापनाको ७५ औं वर्षगाँठलाई भव्य रुपले सम्पन्न गर्न यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । वर्तमान अवस्थामा उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि पनि यस्ताखाले कार्यक्रमहरु आयोजना गरिएको उनले बताए ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले वाकाथनका क्रममा काठमाडौंका विभिन्न स्थानको परिक्रमा ऐतिहासिक महत्वका स्थलहरुको पर्वद्धन गर्न महत्वपूर्ण भएको बताए ।

चेम्बरको शिक्षा तथा खेलकुद समितिका सभापति रुपक राजवंशीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिए ।

साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट