२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

काँकरभिट्टा नाका हुँदै पेट्रोलियम आयात २.०१ प्रतिशतले वृद्धि, २.९० प्रतिशत राजस्व बढ्यो

बिहिवार , मंसिर १८, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ ।

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् आठ करोड ४१ लाख २२ हजारले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा तीन अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी एक अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख मूल्य पर्ने आठ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख मूल्य पर्ने दुई हजार ९०८ किलोलिटर एटिएफ र चार करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट