२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

दुर्गा प्रसाईंले दिए प्रधानमन्त्री कार्कीलाई ‘दुर्गाको मूर्ति’ उपहार

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई मेडिकल व्यवसायी तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले ‘दुर्गाको मूर्ति’ उपहार दिएका छन् ।

सोमबार सरकारसँग वार्ता गर्न सिंहदरबार पुगेका उनले प्रधानमन्त्रीलाई ‘दुर्गाको मूर्ति’ उपहार दिएका हुन् ।

आफ्ना विभिन्न मागसहित उनले सिंहदरबार पुगेर सरकारसँग छलफल गरेका हुन् । प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागहरूबारे आज प्रधानमन्त्री कार्की र गृहमन्त्री ओेमप्रकाश अर्यालसँग छलफल गरेका छन् ।

यसअघि प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई आज (मंसिर २२ गते) को समय दिएकी थिइन् ।

प्रसाईंले यसअघि सरकारविरुद्ध आन्दोलन समेत घोषणा गरेका थिए । तर पछि सरकारसँग वार्ता गरी आन्दोलन फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट