२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कांग्रेस नेता चन्द्र भण्डारीले गरे १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सभापतिमा लड्ने स्पष्ट इच्छा रहेको उल्लेख गर्दै सार्वजनिक रुपमा दाबी अघि सारेका हुन्।

भण्डारीले लेखेका छन्, “नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित।” उनले पार्टी, लोकतन्त्र, देश तथा जनताको हितअनुसार आफू अघि बढ्न तयार रहेको समेत बताएका छन्। साथै, समयको माग र राजनीतिक परिवेशलाई सम्मान गर्दै निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

१४औं महाधिवेशनमा इतर धारको नेतृत्व गर्दै आएका भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार बनेका थिए। सो दौडमा उनले १ हजार ५८० मत प्राप्त गरी चौथो स्थान हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट