२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्वहाली

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्वहाली भएका छन्। सर्वोच्चले उनलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिने आदेश जारी गरेको थियो।

शाक्यलाई ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ मन्त्री भएपछि जल तथा ऊर्जा आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त गरिएको थियो। शाक्यले आफूलाई निर्देशक पदबाट हटाउने निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।

अदालतको आदेशअनुसार शाक्यले आज पदबहाली गरेका छन्। सर्वोच्चले शाक्यलाई ऊर्जा आयोगमा सरुवा गर्दा आवश्यक मन्जुरी नलिइएको पाइएको भन्दै प्राधिकरणमा फर्किन आदेश दिएको व्याख्या गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट