२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले महाधिवेशन : २ हजार ४६३ जना प्रनिनिधि सहभागी हुने

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट