काठमाडौं । नेकपा एमालेका सचिव एवं महाधिवेशन प्रचार समिति प्रमुख पद्मा अर्यालले पार्टीको महाधिवेशनले दलका साथै राष्ट्रको आवश्यकता पूरा गर्ने सक्षम नेतृत्व चयन गर्ने बताएकी छन् ।
प्रेस चौतारीले बुधबार काठमाडौंमा आयोजना गरेको महाधिवेशन केन्द्रीय सम्वादमा उहाले पार्टी र देश निर्माणका लागि अडान, योजना र स्पष्ट एजेन्डा राख्न सक्ने नेतृत्व आवश्यक रहेको भन्दै महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने बताएकी हुन् । उनले नेतृत्व चयनमा सहमति पहिलो प्राथमिकता हुने स्पष्ट पार्दै, सहमति नजुटे मर्यादित र स्वस्थ प्रतिस्पर्धा हुने धारणा राखिन् ।
उनले पार्टीभित्र वैचारिक भिन्नता नरहेको भन्दै पदका लागि प्रतिस्पर्धा स्वाभाविक भएको बताइन् । पार्टीभित्र फरक मत र आन्तरिक बहसबारे प्रश्न उठ्दा अर्यालले सबै विषय बन्द सत्रमै समेटिने उनको भनाइ छ ।
त्यस्तै उनले आफु कुनै पदका आकांक्षी नरहेको भन्दै पार्टीले दिने जिम्मेवारीलाई सहज रुपमा स्वीकार गर्ने उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस