२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न मैले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ : ईश्वर पोखरेल

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

बुधबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको नभइ कार्यसम्पादनको शैलीलाई सहि दिशामा फर्काउन र सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

उनले आफु पार्टी नेतृत्वमा उठ्ने बिषय पार्टीको औपचारिक बैठक र अध्यक्षलाइ समेत जानकारी गराएको बताए । पोखरेलले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरु अघि बढ्ने स्पष्ट पारे । उनले निर्वाचनमा भाग लिइसकेपछि त्यसको परिणामलाई स्वीकार गर्न आफु तयार रहेको भन्दै भीम रावल र माधव नेपालको जस्तो दृष्टान्त आफुहरुमा लागू नहुने जिकिर गरे ।

पोखरेलले महाधिवशेनको हलमा वर्तमान अध्यक्ष केपी ओलीले आफु संरक्षकको भूमिकामा रहेर अरु कसैलाई पार्टीको नेतृत्वमा अघि सारे सहमति हुन सक्ने बताए । तर केपी ओलीले नै अध्यक्षमा दावी कायमै गरे सहमति हुन नसक्ने उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगप्रति केहि असन्तुष्टि रहेपनि आयोगले बोलाउँदा अध्यक्ष केपी ओली बयान दिन जानुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट