२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकार र जेनजी प्रतिनिधिबीच सम्झौता

बुधवार , मंसिर २४, २०८२

 

काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरु बीच आज सम्झौतामा हस्ताक्षर हुँदैछ ।

बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

उक्त बैठकमा जेनजी, घाइते र मृतकका परिवारहरू सहभागी छन् । सम्झौतामा जेनजी आन्दोलनले उठाएका मागहरू समावेश छन् ।

जेनजीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी मुद्दाहरू समाधान गर्ने उद्देश्यले जेनजी प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौतामा आज हस्ताक्षर हुने भएको हो ।

सम्झौतामा दुवै पक्षका प्रतिनिधिले आन्दोलनका क्रममा उठेका विषय समाधान गर्ने, उपचार खर्च सुनिश्चित गर्ने र भावी समन्वय प्रक्रियालाई स्पष्ट बनाउनेबारे सहमति जनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट