२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पूर्वराष्ट्रपति भण्डारीले गरिन् संघीय संसद भवनको अवलोकन

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद भवनको अवलोकन गरेकी छन् ।

बिहीबार पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद भवनमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

संसद भवनको अवलोकन गरेपनि भण्डारीले आफुलाई संसद भवनको अवस्था देखेर दुःख लागेको संक्षिप्त प्रतिक्रिया दिइन् ।

जेनजी आन्दोलनका क्रममा संसद भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो । ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद पुननिर्माणमा भन्दा पनि सरकारले सिंहदरबारमा निर्माणधीन संसद भवनबाटै काम सुरु गर्ने गरि तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट