काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ ।
सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय भएको हो ।
आयोगको कार्यक्षेत्रको सीमितता बढाउने सन्दर्भमा कार्यक्षेत्र बढाउने निर्णय भएको सरकारले जनाएको छ ।
त्यस्तै, सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता मन्त्रिपरिषद्मा अनुमोदन भएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस